७  असोज, कञ्चनपुर ।

प्रहरीले नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)का कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर महरालाई आज भाँसीबाट पक्राउ गरेको छ ।

 ram b

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोडमा उत्रिएका महरालाई पक्राउ गरिएको हो । बन्दकर्ताले भीमदत्तनगरपालिका भाँसीस्थित राजमार्गमा म१ह २४ नम्बरको टेम्पोमा तोडफोड गरेका छन् । टेम्पो तोडफोडपछि भाँसीबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सरकारले भारतसँग गरेको जल विद्युत्् विकाससम्बन्धी सम्झौता खारेजीको माग राख्दै नेकपा–माओवादीले सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा बन्द आह्वान गरेको हो ।

 

बन्दका कारण बिहानैदेखि छोटो र लामो दूरीका सार्वजनिक सवारीका साधनहरु सञ्चालन हुन सकेका छैनन् । आज शिक्षण संस्था, बजार र उद्योगधन्दा पनि बन्द छन् । रासस