११ असोज, काठमाडौं ।

व्यवसायीले दसैंका लागि भारतबाट खसी आयत सुरु गरेका छन् । भारतबाट बिहीबार र शुक्रबार गरी ६ हजार खसी काठमाडौंमा ल्याइएकामा सबै बिक्री भइसकेको चौपाया खरिद बिक्री संघले जनाएको छ ।

संघका अध्यक्ष दीपक थापाले दसैंका लागि राजधानीमा खसी आयत सुरु भइसकेको बताए । दसैंमा भारतबाट मात्रै करिब ३५ हजार खसी आयात हुने उनको भनाइ छ ।  

khasi
दसैंमा आन्तरिक बजारबाट राजधानीमा बढीमा १५ हजार खसी आयात हुने व्यवसायीले बताएका छन् ।

 

दसैंमा खसीबोकाको माग बढ्दा स्वदेशी उत्पादनले धान्न नसकी ठूलो परिमाणमा भारतबाट आयत गर्नुपरेको छ ।

 

रोगी खसी भेटिए ।

महानगरपालिकाको संयोजकत्वमा राजधानी भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । ६ असोजदेखि खसीमा स्वास्थ्य परीक्षण थालिएको काठमाडौं भेटेरिनरी जनस्वास्थ्यका कार्यालय प्रमुख डा. मुकुल उपाध्याले जानकारी दिए ।

बिजुलीबजार क्षेत्रमा शुक्रबार तीन सय पाँच खसी र एउटा बोकाको स्वास्थ्य परिक्षण गर्दा दुईवटा खसी अस्वस्थय भेटिए, उनले भने अस्वस्थय खसीलाई उपचार गराउन राखेका छौं । ठीक भएपछि मात्र बिक्री अनुमति दिन्छौं ।