११ असोज, भक्तपुर ।

 

भक्तपुर र काभ्रेको सिमाना काक्राबारीका पशु चौपायामा भ्यागुते रोगको प्रकोप फैलिएपछि धमाधम पशु चौपाया मर्न थालेका छन्  ।

 

भक्तपुरको नंखेल गाविस काक्राबारी र  काभ्रेको नासिका गाविसमा दसैँका लागि बिक्री गर्न पालेका पशु चौपाया एक सातादेखि भ्यागुते रोगको प्रकोप फैलिएपछि पशुहरु मर्न थालेको कृषकहरुले बताएका छन् ।

cow-firm
पशु मरेर गाउँमा दुर्गन्ध फैलन थालेपछि स्थानीयले मरेका पशु प्रहरीलाई बोलाई गाड्न थालेका छन् । धेरै पशु भएकाले प्रहरीको सहयोग लिएर गाड्ने कार्य भइरहेको छ ।

 

जिल्ला पशु सेवा कार्यालयले भने भ्यागुते रोगको लक्षण देखा परे पनि ढिलो जानकारी आएकाले रोग प्रकोपको रुपमा फैलिएको जनाएको छ ।

 

कार्यालयका वरिष्ठ पशु चिकित्सक एवम् प्रमुख बलबहादुर चन्दले एक सातादेखि पशु चौपायामा रोग देखा परेपनि ढिला थाहा पाएकाले रोगको रोकथामका लागि त्यस क्षेत्रमा पशु चिकित्सक पठाइ रोगको पहिचान गर्ने र पशु चौपायामा खोप लगाउने कार्य सुरु गरेको जानकारी दिए ।