११ असोज, काठमाडौँ ।
विगत २० दिन देखि आन्दोलनरत नेपाल टेलिकमका इन्जिनियर व्यबस्थापनबीच आन्दोलन रोक्ने सहमति भएको छ ।

telicom

सरकारले गैर इन्जिनियरलाईको प्रबन्ध निर्देशक बनाएको भन्दै आन्दोलन थालेका इन्जिनियर र टेलिकम व्यवस्थापनबीच ५ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ । सरकारले गत भदौ १९ गते कम्पनीको प्रबन्ध निर्देशकका कम्पनीकै सचिवालयमा नायब प्रबन्ध निर्देशक रहेका बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेपछि इन्जिनियर समूहले प्रबन्ध निर्देशकै कार्यकक्षअगाडि धर्ना दिँदै आएका थिए । 

 

व्यवस्थापनले अहिले प्रबन्ध निर्देशकको समयावधि घटाउने, प्रबन्ध निर्देशक भएपछि तल्लो पदमा आउन नपाउने गरी स्वतः अवकास पाउने, प्रबन्ध निर्देशक नियुक्त गर्दा समिति बनाएर आन्तरिक प्रतिस्पर्धाबाट सरकारलाई सिफारिस गर्ने, ३ महिनाभित्र स्वेच्छिक अवकास लागू गराउने र कर्मचारीहरुको वृति विकासका लागि विभिन्न तालिम र योजना ल्याउने कुरामा सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।