२३ असोज, एजेन्सी ।

भारतीय प्रधानमन्त्रीलाई चेतावनी दिएका पाकिस्तानी नेताको वेवसाइट भारतीय ह्याकहरुले ह्याक गरेका छन् । उनको वेवसाइटमा भारतीय झण्डा फहराइएको छ ।

 

पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष विलावल भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानलाई नहेप्न चेतावनी दिँदै निरन्तर ट्वीट गरेपछि उनको वेवसाइट ह्याक भएको हो ।

bilawal bhutto website

बुधबार मोदीलाई चेतावनी दिएका विलावलले विहीबार पनि भारत विरुद्ध कडा ट्वीट गरेका छन् । आफ्नो भनाइबाट भारतो सातो उडेको दावी गर्दै उनले यो शुरुवात मात्र भएको बताएका छन् ।

यता विलावलको वेवसाइट ह्याक गरेका ह्याकरहरुले भने वेवसाइटमा भारतीय झण्डा राखेर कश्मिर पाकिस्तानको कहिल्यै पनि नहुने लेखेका छन् । उनको साइटमा उनको नाममा पत्र नै लेखिएको छ ।

Bilwal Bhutto
विलावल पाकिस्तानमा हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । पाकिस्तानमा भुट्टो परिवार शक्तिशाली राजनीतिक परिवार हो । विलावलकी आमा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो भने उनका पिता आसिफ अलि जर्दारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् ।

यो पनि हेर्नुस्

 

राष्ट्रपतिका छोरा विदेशमन्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेपछि…. (तस्विर सहित)

 

बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु

 

वेनजिर भुट्टोका छोराले नरेन्द्र मोदीलाई दिए डरलाग्दो चेतावनी