२६ असोज, काठमाडौँ ।

 

प्रमुख दलहरुबीचको सहमतिमा गठन गरिएको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ ।

prachanda

हिजोका लागि बैठक बोलाइएको भएपनि समिति संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै अनुपस्थित भएपछि स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बस्ने बैठकमा समितिको कार्यविधि र सचिवालय स्थापनाबारे छलफल हुने कार्यक्रम छ । 

 

समितिमा काँग्रेस, एमाले, एकीकृत माओवादी र मधेश केन्द्रीत दलहरुको मोर्चाबाट ३–३ जना तथा राप्रपा, नेकपा माले र अन्य साना दलबाट १–१ सदस्य राख्ने सहमति दलहरुबीच भएको छ । शान्ती प्रक्रियाका बाँकी काम सम्पन्न  गर्न र दलहरुबीच पारस्परिक समझदारी विकास गर्न भन्दै दलहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गरेका हुन् ।

 

समितिको नेतृत्व आलोपालो गर्ने सहमति अनुसार एमाओवादी अध्यक्ष दाहाल पहिलो दुइ महिनाका लागि संयोजक बनेका छन ।