२६ असोज, कञ्चनपुर ।

 

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीे छोटी भन्सारको नाकाबाट अबैध रुपमा समानहरु ओसार पसार गर्ने क्रम बढेको छ ।

 

खुला सिमानाका कारण दिनहुँ जसो तस्करहरुले सिमेन्ट, हार्डवेयरका समानहरु, ईलेक्ट्रोनिक्सका समानहरु, मल, खाद्, नुन, तेल, चिनि, चामल , दाल, कुखुरा , कम्प्युटरका पार्ट पुर्जाहरु आदि अवैध समानहरु लुकिछिपि विभिन्न दक्षिणी भेगका खुला सिमा नाका बसही, फटिया, परासन, टेडुवा, बेलौरी , भुडा र झिलमिला आदिको प्रयोग गरी चोरिपैठारी गरेर नेपालका विभिन्न ठाउ बेलौरी, आई.वी.आर.डी., धनगढि, महेन्द्रनगर, अत्तरिया, लम्की, टिकापुर आदि बजार सम्म पुर्याउने गरेको स्रोतको भनाई छ । गएराति मात्रै भारतको सिमावर्ती बजार खजुरिया बाट साईकलमा नेपाल ल्याउदै गरेको अवस्थामा ठुलो मात्रामा हार्डवेयरका अवैध समान प्रहरीले बरामद गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय बेलौरी र क्षेत्रीय अपराध अनुसन्धान ब्युरोको सयुक्त गस्ती टोलीले शनिबार राति १० बजे तिर बेलौरी भुराकोट को काठे पुल नजिकैबाट समान बरामद गरेको हो ।