२६ असोज, विराटनगर ।

 

भारतको जोगवनीबाट लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

सुनसरीको धरान–१२ का ३९ वर्षीय किरण श्रेष्ठ र विराटनगर–२० का ५९ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–२१ स्थित मेटल चोकमा चेकजाँच गर्दा उनीहरुको साथबाट १८ सेट लागुऔषध टिटी बरामद भएको हो।

उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ। रासस