कानमा लगाउन सकिने तथा परेलाको झप्काई तथा जिब्रोेको क्लिकबाट चलाउन सकिने सानो कम्प्युटर आउने भएको छ ।

computerjapaneye

यस्तो कम्प्युटर जापानमा परिक्षण भइसकेकोे बताइएको छ । सत्र ग्राम तौल भएको तारविहीन यस यन्त्रमा ब्ल्युटुथ क्षमता रहेको छ र यसमा जीपीएस, कम्पास, जिरो सेन्सर, ब्याटरी, ब्यारोमिटर, स्पिकर तथा माइक्रोफोन रहेको बताइएको छ । 

 

लगाउन सकिने कम्प्युटर सामग्री आउँदा दिनमा प्रविधिमा नयाँ ठूला कुरा हुने प्राविधिक विश्लेषकहरु भनाइ छ । यस प्रविधिमा गुगलको चस्मा हाल सबैभन्दा अग्रपंङ्तीमा रहेको छ । यस कम्प्युटरलाई हाल ‘इएरक्लिप–टाइप वियरेबल पीसी‘ (कानमा लगाउन सकिने व्यक्तिगत कम्प्युटरको नाम दिइएको छ । यसमा माइक्रोचिप, तथ्याङक भण्डार तथा प्रयोगकर्ताले सञ्चालन गर्नसक्ने सफ्टवेयर रहेको जानकारी हिरोसिमा नगर विश्वविद्यालयका इन्जिनियर कजुहिरो तानिगुचीले दिए ।  

 

प्राविधिकहरुले यो कम्प्युटर २०१५ को क्रिसमससम्म तयार हुने र २०१६ अप्रिलसम्म बजारमा आउने बताएका छन् । यसलाई आइपड तथा अन्य यन्त्रमा जोड्न सकिने बताइएको छ । यसका प्रयोगकर्ताहरुले यसलाई आफ्नो अनुहारको भाव, परेलाको हप्काइ, जिब्रोको फडकाइ, नाकको खुम्चाई वा दाँतको किटकिटाहटबाट सञ्चालन गर्न सक्नेछन् ।