१ कात्तिक, जाजरकोट ।

 

देशभर तिहारको रौनक सुरु भइसकेको छ ।

 Bardiya

तर जाजरकोटका पहिरो पीडित गाउ“ भने सुनसान छन् । पहिरोले घरजग्गा बगाउ“दा घरबारविहीन भएका जाजरकोटका पहिरो पीडितहरुमा तिहारको रौनक आउन सकेको छैन ।

पालमुनि ओत लागेर बसेका उनीहरुलाई यसपालिको तिहार आए नआएको केही वास्ता नै छैन । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता भएका बेला नजिकि“दै आएको तिहारले उनीहरुमा झन पीडा थपिदिएको छ । “नया“ लुगा लगाउने, आङ्खनै घरबाट राम्रो परिकार बनाएर भाइलाई टीका लगाउने मीठो मसिनो खाने त्यो सबै सपना भयो, खुसी र उमङ्ग सबै पहिरोले खोसेर लग्यो”, पहिरोमा छोरा गुमाएकी रामीडा“डा–९ की धनसरी नेपालीले भने, “न आफनो प्राणभन्दा प्यारो छोरा रह्यो, न त ओत लाग्ने घर र दुई छाक हातमुख जोर्ने खेतबारी नै रह्यो ।

यस्तो बेला आएको चाड कागलाई बेल पाके जस्तै भएको छ ।” जारजरकोटको रामीडा“डा, सक्ला र रोकाय गाविसमा साउनको २८ गते गएको पहिरोले ५६ परिवारको  घरजग्गा  बगाएपछि ती परिवार घरवारविहीन भएका हुन् ।

 

“रेडक्रसले दिएको पालमा ओत लागेका छौँ” रामीडा“डा–९ धौलाकोटका हस्तबहादुर नेपालीले भने, “सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले दिएको खाद्यान्नले अहिलेसम्म जेनतेन छाक टारेका थियौँ । त्यो पनि सकियो अब के खाएर बा“च्ने हो ।”  अहिले तिहारभन्दा पनि सातजनाको परिवार कसरी पाल्ने हो भन्ने चिन्ताले पिरोलिरहेको छ । सरकारले चाडबाड खर्चका लागि दिने भनेको रु तीन हजार पनि अहिलेसम्म नपाएको उनीहरुको गुनासो छ । पहिरोले घरजग्गा बगाएपछि विस्थापित भएका पीडितहरु स्थानीय  विद्यालय तथा चउरमा पाल टाँगेर तथा आफन्तको घरमा शरण लिएर बसिरहेका छन् ।

 

पहिरोबाट विस्थापित ५६ परिवारका २०० भन्दा बढी पीडितलाई अहिले खान बस्नको समस्या परेको छ । स्थानीय पसलमा खाद्यान्न नपाइने र नायकवाडाको घाटमा रहेको नेपाल खाद्य संस्थानको डिपोमा  पनि छ महिनादेखि चामल छैन ।  खाद्य संस्थानको चामल नभएपछि स्थानीय सङ्कटमा परेका छन् ।

 

डिपोमा चामल नभएपछि रामीडाँडा, सक्ला, रोकायगाउँ र नायकवाडा गाविसका हजारौ“ नागरिक भोकमरीको चपेटामा परेको स्थानीय जनकबहादुर शाहीले बताए । यो ठाउँमा धान फल्दैन । रासस