१४ कात्तिक, काठमाडौं ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।

Baburam Bhattarai

भट्टराईले नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन बनेकोमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कामार्फत सम्पूर्ण टीमलाई बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

 

सभापति भट्टराईले कप्तान खड्कालाई आज विहान टेलिफोन गरी नेपाली क्रिकेट टीम, कप्तान र प्रशिक्षकलाई बधाई दिएका हुन् । सभापति भट्टराईले नेपाली टीमको खेल र टीम स्पिरिटको खुलेर प्रशंसा समेत गरेका थिए ।

 

देशमा चौतर्फी अन्योल र निराशा छाइरहेको वेला नेपाली क्रिकेट टिमले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गरेर सम्पूर्ण देशवासीमा आशा र विश्वासको सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान गरेको डा. भट्टराईले कप्तान खड्कालाई वताएको सचिवालयले जनाएको छ ।