१६ कात्तिक, नेपालगञ्ज ।

 

बाँके जिल्लालाई बालश्रम मुक्त जिल्ला बनाउन सरकारी तथा गैरसरकारीस्तरबाट व्यापक अभियान थालिएको छ ।

balshraam

जिल्ला बाल कल्याण समिति र यस जिल्लामा सम्बद्ध गैरसरकारी संस्थाहरुले यहाँका होटल तथा कलकारखानाबाट बालश्रमिक हटाउने अभियान सुरु गरेको पाइन्छ । तर, बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब तीन हजारभन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रुपमा कार्यरत रहेका छन् । तीन वर्षअघि ९सन् २००७ नोभेम्बर २०० जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा गरे पनि अझै त्यति ठूलो सङ्ख्यामा बालश्रमिक कार्यरत रहेको देखिनुले ती निकायको काम गर्ने शैलीप्रति प्रश्न उठाइएको छ ।

 

तथ्याङ्कअनुसार, बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच प्रतिशत, १० देखि १४ वर्षका ६० प्रतिशत र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेका छन् । रासस