काठमाडौं ।

सहमति गर्न सफल भएका प्रमुख तीन दल अहिले एक अर्काले भित्तामै पुर्‍याउने गरी वाकयुद्धमा लागेका छन् । संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिमा कांग्रेस एमालेले ६ प्रदेशको साझा प्रस्ताव गरेपछि सहमति छोडेर तीन दलका शीर्ष नेताहरु एकअर्काप्रति निकै आक्रमक भएका छन् ।

Prachanda at Tea party

सहमति भएका र नभएका विषयलाई संविधानभसभामा पठाउने पक्षमा सत्तारुढ दल कांग्रेस एमाले लागेपछि एमाओवादी सहमति छोडेर सडक तताउन लागेका छ ।

संवाद र छलफलमा गर्दा पनि कांग्रेस एमालेले पेलेरै जान खोजेको भन्दै एमाओवादीले यसको जवाफ सडकबाट दिने घोषणा गरिसकेको छ । माघ ८ गते नै संविधान जारी गर्नेतिर भन्दा पनि तीन दल वाकयुद्ध चलाएर संविधान निर्माणको कामलाई प्रभावित पार्ने खेलमा लागेका छन् ।

 

आक्रमक प्रचण्ड

कांग्रेस र एमालेले दुईतिहाइ बहुमत रहेको भन्दै ७ प्रदेशको संघीय साझा खाका प्रस्तुत गरेपछि एमाओवादी बिच्किएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले अव सडकबाटै राज्य घोषणा गर्ने र शासन गर्ने उद्घोष गरेका छन् । मंगलबार पूर्वको पाँचथरमा बोल्दै प्रचण्ड कांग्रेस एमालेमाथि खनिए । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाका कारण संविधान नबन्ने खतरा बढेको भन्दै प्रचण्ड कुर्लिन थालेका छन् । उनले अव देश मुठभेडमा जान लागेको चेतावनी पनि दिएका छन् ।

prachanda aggressive mood

 

कोइराला र ओलीको एउटै बोली

उता प्रचण्डको प्रतिकार गर्न कोइराला र ओली एकसाथ देखिएका छन् । दुवै नेताले प्रचण्डलाई घुर्कीको भाषा नबोल्न सम्झाइ सकेका छन् । कोइरालाले दुईतिहाइ बहुमतबाट नतर्सन र आन्दोलनको घुर्की नलाउने प्रचण्डलाई सुझाव दिएका छन् । कांग्रेस एमालेका नेताहरुले एमाओवादीका नेताहरुले घुर्काउँदैमा आफूहरुले ल्याएको साझा प्रस्ताव फिर्ता नहुने पनि प्रष्ट पारेका छन् । माओवादीले बैकल्पिक प्रस्ताव ल्याउन पनि नसक्ने र ल्याएको प्रस्तावलाई पनि स्वीकार नगर्ने गरेको उनीहरुको टिप्पणी छ ।

 

कांग्रेस एमालेले सधै सहमतिको नाममा समय वर्वाद गर्न नहुने निष्कर्षको साथ प्रक्रियामा जोड दिएको छ भने एमाओवादीले सहमतिलाई लत्याउने काम गरे अहिलेससम्म भएको सहमति र सम्झौता भंग हुने चेतावनी दिएको छ ।

सहमतिको लागि रातदिन लागेको तीन दल अहिले सहमतिको टेबुल छाडेर आ–आफ्ना एजेण्डा बोकेर हिडन थालेका छन् । कांग्रेस एमालेको साझा प्रस्ताव आएपछि तीन दलको बैठक अबरुद्ध भएको छ भने संवाद समितिमा नेताहरु जान छाडेका छन् ।

सहमति नभए पनि नहोस तर आफ्नो एजेण्डा छोडदा सर्वश्व गुम्ने त्रासले तीन दल सहमतिको लागि तयार देखिएका छैनन । जसले गर्दा तोकिएकै समयमा संविधान जारी नहुने मात्र होइन रानजीतिक दलहरुबीच नै धुव्रिकरण भएर अर्को द्धन्द्धमा जाने खतरा समेत सृजना भएको छ ।