१९ कात्तिक, काठमाडौँ ।

प्रधानसेनापति गौरव शम्शेर जबराको औपचारिक निमन्त्रणामा भारतीय सेनाका सेनाध्यक्ष जनरल दलवीर सिंह यही कात्तिक २६ गते नेपाल आउने भएका छन् ।

indian army chief

कात्तिक २७ गते उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भई अपराह्न सिंहदरबारमा प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग उनकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

यसैगरी सोही दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक विशेष समारोहबीच राष्ट्रपति डा रामवरण यादवले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । रासस