३ मंसिर, कास्की

लुम्ले–६ स्थित अस्ट्रेलियन क्याम्पमा बिगत १५ दिन अगाडिबाट आई बसेका होल्याण्डका नागरिक ७६ वर्षीय रेफ्ड हाङ किस्मित सोही क्याम्पको कुर्सीबाट लडेर मृत्यु भएको छ ।

 

बुधबार विहान बसिरहेको अवस्थामा अचानक लड्दा उनको मृत्यु भएको हो ।

 

घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटि गएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।