३ मंसिर, काठमाडौं ।

काठमाडौं महानगरपालिका–७ बौद्ध बस्ने अपार राईलाई फोनबाट धम्की दिने ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३२ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

hatkadi

बस्नेतले आफूलाई काठमाडौं महानगरपालिका–१३ बस्ने विकास वस्नेत भन्दै निज राईलाई रातको समयमा फोन तथा म्यासेज पठाई धम्कीपूर्ण भाषा एवं गालीगलौज गरी मानसिक हैरानी दिने कार्यमा संलग्न रहेकोले महानगरीय अपराध महाशाखाको टोलीले निजलाई मंसिर २ गते काठमाडौं महानगरपालिका–३४ शंखमुलबाट पक्राउ गरी आबश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।