१४ मङ्सिर, चितवन ।

नेकपा माओवादीवाट छुट्टिएका नेत्रविक्रम चन्द विप्लवले नेपालमा देखा परेको प्रतिक्रान्ति विरुद्धको लडाई लड्न तयार हुन चितवनका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विप्लव नेतृत्वको समूहले आइतबार चितवनका नेता कार्यकर्तालाई भरतपुरस्थित नमस्ते पार्टी प्यालेसमा गोप्य रुपमा दिएको प्रशिक्षणमा तथा भेलामा विप्लवले यस्तो निर्देशन दिएका हुन् ।

Biplab mic

स्रोतका अनुसान विप्लवले यो लडाई मोहन वैधसंगको नभई सिंगो प्रतिक्रान्ति विरुद्धको भएको वताएका थिए । उनले १० वर्षे जनयुद्धको उपलव्धीलाई ध्वस्त पार्न खोजिएकोले नया चिरावाट क्रान्ति थाल्नुपर्ने आवश्यकता भएको भन्दै सम्पूर्ण माओवादीहरुलाई नया क्रान्तिमा समाहित हुन आव्हान समेत गरेको भेलामा सहभागि एक नेताले वताए ।

 

संचारकर्मीहरुलाई प्रवेश निशेध गरिएको सो भेलामा युद्धकालकै शैलीमा माओवादी युवाहरुले सुरक्षा पहरा दिईरहेका थिए । उनको तस्वीर खिच्न वाहिर भेला भएका संचारकर्मीहरुलाई समेत छक्याएर विप्लव अर्केवाटोवाट वाहिरिएपछि संचारकर्मीहरु निराश हुँदै फर्किएका थिए । दुईदिनसम्म चितवनको शुक्रनगरमा केन्द्रिय समितिको वैठक पनि गोप्य रुपमा सम्पन्न गरेको विप्लव समूहले भोली सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी सरकार,राजनैतिक दल र आम जनसमुदायलाई अन्तिम पटक आफ्ना विषयहरु गम्भीरताका साथ लिन आग्रह गर्ने वताईएको छ ।

नया गठन गर्ने पार्टीको नाम औपचारिक रुपमा सोही पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने केन्द्रिय सदस्य अनिल शर्मा विरहीले वताए । चितवनमा शनिबार भएको भेलामा धमेन्द्र वास्तोला,अनिल शर्मा विरही लगायतका केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो ।