१४ मङ्सिर, काठमाडौं ।

प्रमुख दलका शीर्ष नेता सम्मिलित राजनीतिक समितिको बैठक आज पनि बिना निष्कर्ष टुङ्गिएको छ । सार्क सम्मेलनका कारण धेरै दिनपछि बसेको बैठकमा पनि दलहरुले आफ्ना कुरा मात्र राखेर उठेका छन् ।

 

बैठकपछि बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा गाँठो परेको राजनीति कसरी फुकाउने भनेर सबैले कुरा राखेको बताए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाओवादीले मेलमिलाप र वेपत्ता आयोग तत्काल गठन गर्न माग गरेको बताए ।

sushil-prachanda-talk

समितिको बैठकपछि २० दलीय मोर्चाको बैठक बसिरहेको छ । अव कसरी अघी बढ्ने भन्ने विषयमा संवाद समितिमा रहेका २० दलको बैठक शुरु भएको हो ।

 

आजै १ बजे संविधानसभा अन्तर्गत राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि राखिएको छ । संवाद समितिको बैठक १ महिनामा पहिलो पटक बस्दैछ ।