एजेन्सी ।

तपाइँलाई अनौठा अनौठा ठाउँमा विदा मनाउन जान मन पर्छ र कहाँ जाउँ भनेर सोंचमा पर्नु भएको छ भने चिन्ता नगर्नुस् । यहाँ हामीले विश्वमा न्युड अर्थात नाङ्गै भएर जान पाइने चर्चित होटलको चर्चा गरेका छौं ।

nude hotels

 

१ हिडन बिच रेसर्ट मेक्सिको

मेक्सिकोको हिडन विच रेसर्टले ग्राहकहरुलाई नाङ्गै भएर बस्ने सुविधा दिन्छ । यहाँ जाने मानिसले सिजनलरुपमा नाङ्गै भएर सेवा ग्रहण गर्न पाउँछन् । यसमा ४२ केवल बयस्कहरुका लागि मात्र बनाइएका बिच समेत छन् । यहाँ ग्राहकहरुले मन लागेका सबै गतिविधी नाङ्गै भएर गर्न पाउँछन् ।

Mexico hotel

२ होटल ओज इन फ्रान्स

फ्रान्सको क्यापडे मात्र रहेको होटल ओज इन पनि न्यूडिस्टहरुका माझ चर्चित छ । यो युरोपकै सबै भन्दा ठूलो न्यूडिष्ट होटल हो । यहाँ ग्राहकहरुलाई विभिन्न मनोरञ्जनका सुविधा दिइन्छ । यहाँ मसाज देखि सबै सुविधा छन् ।

France hotel

३ भ्रिटो मार्टिस् ग्रिस

ग्रिसको कार्टेस्थित भ्रिटोमारर्टिस होटल पनि नाङ्गै बस्न मन पराउनेहरुबीचमा चर्चित छ । यहाँ जाने मानिस निर्वस्त्र भएर जान पाउँछन् र सवै सुविधा लिन पाउँछन् । यहाँ काम गर्नेहरु कर्मचारीले समेत कपडा नलगाइ गर्न पाउँछन् ।

Germany

 

४ जुम वाल्डे, जर्मनी

जर्मनीको स्टोलवर्गस्थित जुम वाल्डे होटल पनि नाङ्गै बस्न मन पराउनेहरुका लागि रमाइलो गन्तब्य हो । यसमा जाने ग्राहकहरुले निश्चित ड्रेस लगाउनु पर्छ तर प्रवेश गरेपछि नाङ्गै भएर सबै सुविधा लिन सकिन्छ ।

club orient
५ क्लव ओरिएन्ट रिसोर्ट, वेष्टइण्डिज

फ्रान्सको नियन्त्रणमा रहेको वेष्ट इण्डिजमा रहेको क्लव ओरिएन्ट रिसोर्ट पनि निक्कै चर्चित छ नाङ्गै बस्न मन पराउनेहरुका लागि । यसमा न्युडिष्ट फेमिली प्याकेजको समेत ब्यवस्था छ ।