१७ मङ्सिर, काठमाडौं ।

ब्रेन ट्युमरबाट पीडित नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीलाई उपचार सहयोगका लागि धेरै संघ संस्थाले सहयोग गरेका छन् ।

surya kumar chhetri

क्षेत्रीको उपचारका लागि प्रेस युनियन केन्द्रीय समितिले रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ भने नेपाल पत्रकार महासंघले रु १५ हजार सहयोग गरेको छ ।

 

त्यसैगरी कलाकार कल्याणकारी कोषले क्षेत्रीको उपचारका लागि भन्दै रु ३५ हजार सहयोगको घोषणा गरेको छ । अचानक बिरामी भएर अस्पताल भर्ना भएका पत्रकार क्षेत्रीको स्वास्थ्य परीक्षणका क्रममा ब्रेन ट्युमरको पहिचान भएको थियो ।

संस्थागतरुपमा लिइरहेको र ब्यक्तिगतरुपमा नलिएको जानकारी पारिवारिक श्रोतले जानकारी दियो । अन्य संस्थाबाट सहयोग गर्नका लागि प्रयास भैरहेको र अन्तिममा आवश्यक परे मात्र ब्यक्तिगतरुपमा पनि सहयोग लिने परिवारजनको भनाइ छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजाल, नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेर क्षेत्रीको अवस्थाका बारेमा जानकारी लिइसकेका छन् ।

उपचारमा संलग्न वरिष्ठ स्नायुरोग विशेषज्ञ डा बसन्त पन्तका अनुसार क्षेत्रीको थप परीक्षणपछि बुधबार ब्रेन ट्युमरको शल्यक्रिया गरिँदैछ ।