एजेन्सी ।

बलिउड अभिनेता सलमान खानमाथि १२ वर्ष अघिको घटना सम्बन्धि मुद्धामा आज सुनुवाइ हुँदैछ । सलमान खानमाथि लागेको हिट एण्ड रनको मुद्धाको सुनुवाइका लागि आज अदालतमा पेशी हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Salman-Khan-Crazy-Fans

सलमान खानमाथि १२ वर्ष अघि मुम्बइको फुटपातमा कारले एक ब्यक्तिलाई हानेको र उनको मृत्यु भएपछि भागेको आरोप लागेको छ ।

१ जनाको मृत्यु र ४ जना घाइते भएको उक्क घटना सम्बन्धि मुद्धा अहिले पनि चलिहरेको छ ।