एजेन्सी ।

भारतमा चलचित्रहरुमा आइटम डान्स गर्ने अभिनेत्रीहरुलाई बेश्या घोषणा गर्नु पर्ने माग त्यहाँको एक हिन्दु संगठनले गरेको छ । भारतमा सक्रिय हिन्दू महासभा र यसमा आवद्ध नेताहरुले भड्किला कपडा लगाएर फिल्ममा नृत्य गर्ने महिलालाई बेश्या घोषित गर्नु पर्ने माग गरेका हुन् ।

item-girl
हिन्दु सभाको उत्तरप्रदेश यूनिटका महासचिव नवीन त्यागीले फिल्ममा भड्किला कपडा लगाएर नाङ्गो नाच देखाउनेहरुलाई बेश्या घोषित गर्नु पर्ने बताएका छन् । यसरी पैसा कमाउने महिला बेश्या हुने उनको भनाइ छ ।

विद्यालयमा केटीलाई स्कर्ट र जिन्स लगाउन प्रतिबन्ध लगाउनु पर्ने माग पनि उनले गरेका छन् । केटीहरुले फोन बोक्न पाउनै नहुने उनको भनाइ छ ।

यो मुद्धालाई अव देशको सर्वोच्च अदालतमा पुर्‍याउने उद्घोष समेत उनले गरेका छन् ।

यद्यपी हिन्दु महासभाकै केन्द्रिय महासचिव स्वामी चक्रपाणिले भने यस्तो भनाइ गलत भएको र यसबारे आफूलाई जानकारी नभएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।