एजेन्सी ।

ब्याटिङ गर्दा गर्दै बलले लागेर निधन भएका अष्ट्रेलियाली क्रिकेटर फिलिम ह्युजको अन्तिम संस्कार भव्यरुपमा गरिएको छ । न्यू साउथ वेल्सस्थित उनको गृह नगर म्याकसविलमा उनलाई अन्तिम विदाइ गर्न क्रिकेट जगतका विश्व हस्तीहरु जम्मा भएका थिए ।

Phillip-HughesFuneral 1

टेलीभिजनमा लाइभ प्रसारण गरिएको उनको अन्त्यष्टी समारोहको दृष्य सिडनी क्रिकेट रंगशालामा पनि विशाल स्क्रीनमा देखाइएको थियो ।

सिड्नीस्थित जुन मैदानमा ह्युजलाई टाउकोमा बलले लागेको थियो त्यस आसपासमा उनको स्मृतिमा थुप्रै तस्विर राखिएको छ ।

Phillip-HughesFuneral

ह्युजलाई आफ्नै भाइ भन्ने अस्ट्रेलियाका क्रिकेट कप्तान माइकल क्लार्कले उनलाई भावपूर्ण श्रद्धाञ्जली दिए ।

समारोहमा ह्युजको पहिलो टेष्टमा कप्तानी गरेका रिकी पोन्टिङ देखि पूर्व कप्तान स्टीव वो, शेन वार्न, एडम गिलक्रिस्ट, म्याथ्यू हेडन, ग्लेन मैक्ग्रा, स्टुअर्ट म्याक्गिल र जस्टिन लेङ्गर पनि उपस्थित थिए ।

Phillip-HughesFuneral 2

मोदीले भने मिस यू

भारतीय प्रधानमन्त्रीले समेत फिलिप ह्युजलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा ‘वी विल मिस यू।’ लेखेका छन् ।

Phillip-HughesFuneral 3
बाउन्सर बलले लागेपछि मैदानमै ढलेका ह्युजको गत २७ नोभेम्बरमा निधन भएको थियो ।

 Phillip-HughesFuneral 4