एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानले चर्चित रियालिटिी शो बिगबोस सञ्चालनको जिम्मा छोड्ने भएका छन् । केही समय यता टेलिभिजन रेटिङ पोइन्ट टीआरपीमा पछि परेको विगबोसबाट सलमानले बाहिरिने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

farah-salman

अव सलमानको ठाउँमा कोरियोग्राफर-डाइरेक्टर फराह खान यसको होस्ट हुने बताइएको छ ।

जनवरी २०१५ सम्म चल्ने भनिएको बिगबोस ८ अव एक महिना पर धकेलिएको समेत बताइएको छ । सलमानले बजरंगी भाइजानको शुटिङ गर्नु पर्ने कारण देखाएर शो छोड्न लागेका छन् ।

सलमानका फ्यानले भने उनले शो छोड्न नहुने बताएका छन् ।