काठमाडौं ।

नेपालको राजनीतिमा तीन खेलाडी अहिले खेल मैदानमा छन् । तीन पार्टीका शिर्ष नेता कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष प्रचण्ड । तीन दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधान निर्माणको गाँठो संविधानसभामा पुगेर अडकिएको छ । तीनै दलको आ–आफनै विचार र सिद्धान्त छ । तीन दलका नेताहरुको आ–आफ्नै शैली छ । सहमतिको नाममा बसेको बैठक सहमति हुँदा पनि नेताहरु निराशावादी दैनन भन्छन,‘सहमति हुन्छ ।’ कसरी हुन्छ र कुन आधारमा हुन्छ भन्ने स्पष्ट जवाफ नेताहरुसँग छैन । बैठक बस्छ सकिन्छ । तर पनि तीन दलका तीन शिर्ष नेतालाई छटपटी छैन । आफ्नै गति छ । हतारो छैन । किनकी संविधान नबन्दैमा ठूलो बज्रपात नेताहरुले बेर्होनु पर्ने अवस्था देखेका छैनन । सहमति नहुँदैमा नेताहरुको लागि ठूलो घाटा बनेको छैन । राज्यले सेवा सुविधा दिएकै छ । उच्चस्तरको दैनिकी चलेकै छ । जय नेपाल र लाल सलाम गर्ने धेरथोर कार्यकर्ताहरु छदैछन ।

Prachanda at Tea party

नेता ज्यू भनिदिएकै छैन । अनि चिन्ता लिनु पनि किन ?अघिपछि साइरन बजेकै छ । घर खर्च चलाउन कुनै चिन्ता छैन । यति भएपछि आखिर सहमति किन जरुरी पर्‍यो र ? जनताले गाली गर्ने त्रासमा हरेक साँझ बालुवाटार, सिंहदरवार, जालिम्पाट र बालकोटमै बैठक चली नै रहेको छ । सहमति नहुँदैमा बोलचाल नै बन्द भएको छैन । बैठक बस्छन ख्याल ठटटा गर्छन, चिया खान्छन बैठक सकिन्छ । बाहिर आएर भन्छन,‘सहमतिको अन्तिम चरणमा पुग्यो ।’ बालुटारको बसेको शीर्ष दलको बैठकमा भने नेताहरुले सहमतिको लागि प्रयास गर्नु भन्दा पनि एक अर्कोको थेगो र उखान तुक्कामै बिताएका छन् ।

प्रचण्डको मने
एमाओवादीका अध्यक्ष प्रचण्डको थेगो छ, ‘मने’ । प्रचण्डको थेगोलाई लिएर बेला बखतमा निकै चर्चा हुने गर्छ । प्रचण्डको थेगालाई नै धरै हास्यकलाकारहरुले क्यारिकेचर गरेर दर्शक हसाउने गर्छन । बालुटारको बैठकमा प्रचण्डको मने नसुक्ने नेता को होला र ? बैठकमा यसो गर्दा पनि सहमति नहुने उसो गर्दा पनि सहमति नहुने भएपछि । उखान तुक्का भन्न निकै सिपालु ओलीले मुख खोले,‘प्रचण्डजीको मने पनि खुब चर्चित भो । यसो भन्दा प्रचण्ड मुसुमुसु हाँसी मात्र रहे । सुशील कोइरालाले प्लुक्क हेर । बैठकमा हाँसो मच्चिकियो । त्यतिकैमा कोइरालाले भने,‘हैन प्रचण्डजी यो मने कसरी थेगोमा आयो ? प्रचण्डले हास्दै जवाफ दिए,प्रचण्डले हास्दै जवाफ दिए,‘मने भन्दा भन्दै मने थेगो नै भो, अहिले निकै कम गरेको छु ।’ ओलीले प्रश्न तेस्याए,‘संविधानसभामा सिट घटयो भनेर हो कि क्या हो ?’ प्रचण्डले मुन्टो मात्र हल्लाए ।

sushil dai- happy

सुशीलको ऊ
बैठकमा केही सन्टना भएको थियो । नेताहरुको हाँसो थामिन नपाउदै ओलीले नै प्रसंग कोट्याए । सुशीलजीको ऊ पनि चलेकै छ । मेरी बास्सैको टेलि श्रंखलाको प्रसङ कोटयाउँदै ओलीले थपे, सुशीलजीको नाम त अर्को पो राखेछन त । प्रचण्डले हास्दै भने मैले पनि हेरेको थिए, दुरुस्तै बनाए छन नि ? बैठकमा हासो चल्यो । सुशील कोइराला पनि खित्का छोडी छोडी हासे । हैन सुशीलजीले यो ऊ निकै किन छान्नु भएको होला ? उनीहरु पनि थिएन कि ? ओलीको भनाई रोक्दैन सुशीलले थपे,‘हैन हैन यो ऊ को आफ्नै कहानी छ । एउटा कार्यक्रममा ऊ भनेर सम्बोधन गरेको थिए, अलि निकै चर्चा भएछ । साथीहरुसँग छलफल हुँदा ऊ को कुरा भो । मैले पनि मनमनै सम्झिरहेको थिए, अर्को कार्यक्रममा पनि हाइहाल्यो ऊ । बोल्दा ऊ नै भन्ने थेगो बस्यो । कहिलेकाही भाषण गर्दै जाँदा के बोल्ने के बोल्ने हुँदा ऊ भन्न सजिलो भएर ऊ भन्ने आयो । अहिले त चर्चित नै भएको छ ।

kp sharma oli
ओलीको तुक्का
प्रचण्डले पनि ओलीकोको अब भन्ने थेगा खासै नचले पनि उखान तुक्का चाही चलेकै छ । ओलीजीले तुक्का चाही भन्नुहुन्छ । सुशीले ओलीलाई सोधे,‘ओलीजीले हैन तुक्कामा त पिएचडी नै हुर्नुहोला जस्तो छ । ओलीले जवाफ फर्काए, मेरो तुक्काको निकै तारिफ हुने गर्छ । कार्यक्रममा पनि कार्यकर्ताले भाषण भन्दा पनि तुक्का नै भनिदिए हुन्थ्यो जस्तो गर्छन, त्यही भएर यसो प्रसंग मिलाएर तुक्कै भनिदिन्छु । प्रचण्डले सोधे,‘किन ओलीजी तुक्कामै बढी जोड दिनुहुन्छ ? ओलीले भने,‘प्रचण्डजीको मने, सुशीलजीको ऊ चर्चित छ आफ्नो अब भन्ने त्यति चर्चा भएन त्यही भएर उखान तुक्कामा जोड दिएको हुँ । उखान तुक्का भन्दा संस्कृतिको पनि संरक्षण हुन्छ नि त ? नेताहरुमा हासो मच्चियो । त्यतिकैमा सुशीले भने आजको बैठकमा उखान तुक्का र थेगो बाहेक अन्य विषयमा छलफल हुन सकेन भोलीको बैठकमा सहमतिको प्रयास गर्ने गरी बसौ ।