पछिल्लो समयमा फेसबुक प्रयोग नगर्ने त कोही पनि हूँदैन । संख्या बढ्दै जाँदा फेसबुकमा गरिएका तपाइँका साथीभाइका पोष्ट समेत नदेखिने समस्या बढेको छ ।

तर अव भने फेसबुकले कुनै पनि पोष्ट नछुट्ने गरी नयाँ सुविधा दिएको छ । यस अघि नै टाइमलाइनमा सबै भन्दा पछिल्लो most recent को विकल्प दिइसकेको फेसबुकले फ्रेण्ड्स लिष्टमा नै यस्को समाधान गर्न सकिने सुविधा फेसबुकले जनाएको छ ।

facebook friends

५०० भन्दा बढी पोष्ट हुने वित्तिकै पुरानो अपडेट छुट्ने समस्या समाधान गर्न फ्रेण्ड लिष्टमा म्यानेज गर्नु पर्छ । पेजमा मिलाएपछि तपाइँले हेर्न चाहेका साथी वा पेजका लिङ्कहरु छुट्ने छैनन् ।

यसका लागि के गर्ने

यूजरले फेसबुक फ्रेण्डलिष्टमा आफूले पोष्ट नछुटाउन चाहेका साथी वा पेजहरुको क्लोज ग्रुप बनाउनु पर्छ । जसले गर्दा त्यस्ता साथी वा पेजका अपडेट छुट्दैनन् । यस्ता ग्रुप धेरै वटा समेत बनाउन सकिन्छ ।

facebook feed

यसको अर्थ के पनि हो भने अव तपाइँका कुरा फेसबुकबाट लुक्न सक्दैनन् ।

यो पनि हेर्नुस्

फेसबुकमा यी ५ कुरा कहिल्यै पोष्ट नगर्नुस्

फेसबुक प्रयोग गर्न छोड्नै पर्ने ६ कारण