मित्रलाल खत्री 

संविधान सभा र ब्यबस्थापिका संसदका सभामुख सुभाषचन्द्र नेम्वाङ आफैँले स्रिजना गरेको विषयले अहिले विवादमा छन् । त्यसले एउटा नायकत्वको विघटन बारे त् अध्ययन सामाग्री बन्छ नै एउटै विषयमा उनको द्धैध भूमिका पनि प्रष्टिन्छ । एउटा सक्षम कानुनविद्ध र सहमति आयोजक अभिभावकले ‘दलले नदिए म आफै गर्छु’ भनेर जुन बोले यस्तो कच्चा खेल खेल्यो भन्ने विषय संक्रमणकालीन जटिलताको गम्भीर अभ्याताले नियाल्ने छन् । यदी यस्तै उरण्ठेउले कारणले हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवारी पनि स्वयम् माननिय सभामुखले लिन पर्ने हुन्छ ।

subash nemmaag

खेलको रेफ्री बन्नु पर्ने सभामुख आफैले पैदा गरेका विवादमा पहिला परे, नत्र भने भन्दै धम्की दिँदै गए, कालान्तर त्यस नत्र भन्ने उनको भनाईलाई कसैले टेर पुच्छेरै नलगाएपछि किन चाउरिस् मरिच आफनै पिरोले भने जस्तै खुम्चिए । आखिर सभामुखको ब्यक्तित्व गिराउने काम कस्ले किन गर्यो भनेर संमानित सदनले प्रश्न गर्न पर्ने हुन्छ् । यो एउटा सावैभौम ब्यक्तित्को विश्वास माथीको संकट हो, नायकत्वको विघटन हो, सार्वजनिक पद कुनै दल विशेषको आग्रहले चलाईदों रहेछ भन्ने राजनीतिक संस्कृतिको भद्दा उदाहरण पनि बन्यो ।

सभामुख नेम्वागले पार्टीहरुलाई दिएको अन्तिम समय घर्किसक्दा उनले आफ्नै वचन कायम गर्न र गराउन बबुरो् बने, ‘नत्र भनेको’ जोखिम उठाँउने त राजनीतिक परिस्थति नै थिएन । सभामुखको अन्तराष्ट्रिय अभ्यासभित्र पनि पर्देनथ्यो । उनले ‘म गर्छु’ भनेर जे भने, के त्यो उनले हृदयको आवाज बोलेका थिए ! मस्तिकबाट फुत्त निक्लिएको थियो कि ! वा उनकै पार्टीको निर्देशन थियो ! वा एमालेभित्रको कुनै शक्तिशाली ब्याक्तीको हुकुम तामेल गरेका थिए ! देशलाई उनले जवाफ दिनुपर्छ । आफ्नै सुरमा वा यस्तो संवेदनशील समयमा अर्थहीन कुरा गरेर नियम, कानुन, अन्तरिम संविधान, सहमतिय अभ्यास, स्वय सत्तारुढ दल र प्रतिपक्षसंग पनि विश्वास नलिई गम्भीर विषयलाई सार्वजनिक उठाएका सभामुख नेम्वाङले महाअभियोगको सामना गर्नु परे त्यो अनौठो पनि हुँने छैन् । सभामुख सदनको अभिभावक भन्दा पनि सत्तारुढदलको पनि हैन् पार्टीभित्रको एक मुखियाको आदेशमा मात्र बोलिरहेका छन् भन्नेहुन्छ । त्यसैले उनी अभिभावक बन्ने हैसियत त गुमाएका छन् नै त्यसैलाई पुनरप्राप्ती गर्न पनि उनले बोलेका कुराको सार्वजनिक प्रष्टिकरण दिएर मर्यादा कायम गर्न आवस्यक हुन्छ ।

एउटी बालिका केटी, छोरी, श्रीमती र आमाका भूमिका फेरिँदै रहन्छन भने सोही अनुसारका कर्तव्य र आचरण पनि हुँने गर्छ । हरेक भूमिकाले भूमिकाको आचरण माग गर्छ । पात्रको चरित्र, दायित्व त्यसैले किटान गर्छ । मानिस जीवनभर एउटै भूमिकामा मात्र कहिल्यै सिमित रहँदैन् । उस्ले फेरिने भूमिकासंगै आप्mना काम अनुसारको चरित्र पनि देखाउनु पर्ने र आर्दश निभाउनुँ पर्ने हुन्छ । सडकबाट सदनमा पुग्नु सामान्य राजनीतिक कार्यकर्ताबाट देशको बागडोर सम्हाल्नु प्रजातन्त्रको सुन्दर उपहार र अभ्यास हो । तर फेरिएको भूमिकामा भूमिकाले सुम्पेको दायित्व निभाउने पनि ब्यक्तिबाट ब्यक्तित्वमा फेरिएको नायकहरुको कर्तव्य हुँनजान्छ । उपदेश अरुले पालन गर्नु पर्ने र शक्ति भने आदेश मात्र दिईरहने चालामालाले न जनविश्वास पाँउन सक्छ न समस्याको निकास दिन्छ । जव आशा गरेको भूमिकामा जिम्मेवार पक्ष देखिँदैन् अनूभूत गर्न सकिँदै तब गुनासा, आक्रोस पनि त्यसैमा आधारित छन् । नेपाली इतिहास अहिले अजिम्मेवारबन्दै गएका नेताहरु सामु राख्ने अनेकौ आक्रोसित प्रश्नको सामाना गरिरहेको छ ।

subash nemmaag

सभामुख नेम्वाग कुनै दिन एउटा सफल कानुनब्यसायी थिए, एमालेका केन्द्रिय नेता पनि थिए, तर अहिले उनको भूमिका भने सदनको मूल अभिभावकको हो । समस्याको निकास दिने सहमतिय थलोका प्रथमपुरुष पनि हुँन उनी । शक्ति अहंकारले मात्तिएपछि अरुलाई हेप्ने गर्छ र अविश्वासको आधार तयार गर्छ । सार्वभौम सदन प्रमुख सभामुख नेम्वाङ न एमालेका अहिले नेता हुँन न उनलाई ठट्यौली नेता केपी ओलीको झै बोल्ने अनुमति हुन्छ जस्ले पाहाडिया शासकिय अहंकारले मधेशलाई हेप्ता बुधवारको बैठक पनि अर्थहीन हुँन पुग्यो ।

भनिरहनु नपर्ने कुरा भनेको सत्ता बहुमतको हुन्छ, सत्ता सत्तारुढ दलको हुन्छ तर सदन प्रतिपक्षको हुन्छ, त्यसको संरक्षण र अभिभावक्त्व सभामुखले गरिरहेका हुन्छन् । उनको पहिलाको भूमिकाले वर्तमान जिम्मेवारीलाई प्रभाव पारेको हुँनुहुँदैन् जुन कुरा पहिलो संविधानसभामा आग्रहले गर्दा युगान्तकारी भूमिका निभाउन उनी चुके । अहिले फेरी जटिल बन्दै गएको परिस्थितिले उनलाई पहिलोकार्यकालको गल्ती दोहोर्‍याउने अनुमति भने दिएको छैन् ।