२७ पुस, भैरहवा ।

एनेकपा माओवादी, मधेशवादी दल लगायत अन्य ३० दलीय मोर्चाले भोली आव्हान गरिएको मधेश बन्दको पूर्व सन्ध्यामा निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ ।

masal julus

भैरहवाको बुद्धचोकबाट मशाल जुलुश निकाल्न खोज्दा मोर्चाका हाथमा रहेका मशाल प्रहरीले खोस्न खोन्दा केही बेर भैरहवा बजार तनाव ग्रस्त रहेको थियो ।

मोर्चाका कार्यकर्ताले प्रहरी बिरुद्ध नाराबाजी गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरि कार्यकर्ता तितर बितर पारेको थियो ।

masal julus 1

प्रहरी र मोर्चाका कार्यकर्ताको धरपकडका कारण भैरहवा वासीमा त्रास फैलिएको थियो । त्यसै गरि पर्सामा पनी मोर्चाले मसाल जुलुस निकालेको छ ।