२ माघ, मकवानपुर ।

 छोटो दुरीको मार्गका रुपमा रहेको हेटौंडा– भिमफेदी– कुलेखानी मार्गको भिमफेदीमा भएको सुमो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मार्ग अन्तरगत काठमाण्डौं बाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४२७५ नम्बरको सुमो मकवानपुरको भिमफेदी– ८ जुरीखेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा कैलाली सहनपुर ५ का डम्बर बहादुर राउत, हेटौंडा–६ चौघडाका निराजन चौंलागाई, मकवानपुर छत्तिवन ५ का योगेन्द्र घलान र छतिवन ८ की प्रतिमा घलानको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

sumo accident 1

घटनामा घाइते भई उपचारका क्रममा भरतपुर लैजाने क्रममा छतिवनका सुमन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका ७ जनालाई नेपालि सेना, प्रहरी र स्थानियको सहयोगमा उद्धारगरि उपचारका लागि हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

पछिल्लो समय छोटो दुरीको मार्गमा सवारीको चाप उच्च भएकाले दुघटना भइरहेको बताइएको छ । बाग्मति, जनकपुर र नारायणी यातायात व्यवस्थापन कार्यालयले मनलाग्दी ढङगबाट छोटो दुरीको मागमा मनलाग्दी रुट परमिट दिदा दुर्घटना बढेको यात्रुहरुको गुनासो रहेको छ ।

sumo accident 2

दुर्घटनामा घाइते भएका मध्य छ जनालाई भरतपुर र एक जनालाई काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा सामान्य उपचार पछि हेटौंडा उपमहानगरपालिका पदमपोखरीका नचराज थिङ, चितवनकी बर्षा थापामगर, छत्तिवनका बिर्सला घलान, छिरीङ लामा, धावा लामा , इश्वरी माझि लाई भरतपुर पठाइएको छ भने छत्तिवन ठुलोथलिकी अन्जु स्याङतानलाई काठमाण्डौंको मेघा अस्पताल लगिएको मकवानपुरका प्रहरी नायब उपरिक्षक दिपक थापाले जानकारी दिए ।