बलिउड तथा टलिउड नायिका श्रुति हासन २९ बर्षकी भइसकिन। १५ बर्ष पहिले उनले फिल्म ‘हे राम’ मा अभिनय गरेकि भएपनि डेब्युको लागि भने ९ बर्ष अझै कुर्नु परेको थियो। तथापि अहिले बलिउड फिल्म इन्डस्ट्रिमा आफ्नो पहिचान बनाइसकेकि छिन श्रुतिले।

श्रुति एकसाथ हिंदी, तामिल, तेलेगु फिल्ममा अभिनय गर्दै आएकि नायिका हुन। अभिनय राम्रो गर्ने नायिकामा श्रुतिलाइ लिने गरिन्छ। फिल्मको साथ साथ आइटम डान्सको क्षेत्रमा पनि आफ्नो नाम राख्न सफल छिन् यि नायिका। उनले अहिले सम्म जति फिल्ममा अभिनय गरेकि छिन, त्यो भन्दा बढी फिल्महरुमा डान्स गरेकि छिन। हालसालै पनि उनले अर्जुन कपुर र सोनाक्षी सिन्हा अभिनित ‘तेवर’ को ‘जोगनिया’ गितमा डान्स गरेकि छिन्।

श्रुति हासन, सुपरस्टार कमल हासनकि ठूली छोरी हुन। श्रुति बहिनीको नाम अक्षरा हो अनि आमाको नाम सारिका ठाकुर हो। सारिका पनि १९७०-८० दशककी महसुर नायिका थिइन। साइकोलोजीमा डिग्री लिइसकेकी श्रुतिले क्यालिफोर्नियाको म्युजिसियनस् इन्स्टिच्युटबाट संगीत पनि सिकेकी छिन्।

श्रुतिको परिवारका सदस्यहरुमा अरुपनि छन् जस्को साउथ इन्डियन फिल्मि जगतमा दबदबा छ। साउथ इन्डियन फिल्म क्षेत्रका चारु हासन श्रुतिका काका पर्छन। यस्तै साउथ एक्ट्रेस सुहासिनी मणिरत्नम कजन पर्छिन। तामिल अभिनेत्री अनु हासन पनि कजन नै पर्छिन्। यसको साथै पिता कमल हासनको साथ लिभ-इन-रिलेशनशिप मा बसेकि गौतमी तडिमल्ला श्रुतिकी सौताने आमा हुन।

श्रुति हासन को साथसाथ उनको परिवारका केहि तस्बिरहरु हेर्नुहोस। 

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1

Shruti 1