सलमान खानले यस पटक आफ्नी गर्लफ्रेण्डसँग भ्यालेन्टाइन्स डे मनाउन नपाउने भएका छन् । खासमा उनको योजनामा धावा बोलेका छन् निर्माता निर्देशक सुरज बडजातियाले । सलमान खान यतिबेला पछिल्लो चलचित्र ‘प्रेम रत्न धनपायो’ को शूटिङमा ब्यस्त छन् । भ्यालेन्टाइन्स डेमा समेत फुर्सद नहुने भएको छ ।

salman sad

सलमानकी बहिनी अर्पिता पति आयुषसँग भ्यालेन्टाइन्स डे मनाउन मालदिब्स जाँदैछिन् सलमान पनि बहिनीसँग प्रेमिकालाई लिएर माल्दिब्स जाने योजनामा थिए ।

सलमान खानले भ्यालेन्टाइन्स डे मनाउन विदा माग्दा निर्देशक सुरज बडजातियाले ठाडै अस्वीकार गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुरज बडजातियाल् नै सलमान खानलाई ‘मैंने प्यार किया’मा ब्रेक दिएका थिए ।

सलमान खानका अधिकाँश हिट चलचित्र सुरज बडजातियाले नै गरेका छन् । यस कारण पनि सुरज बडजातियाका लागि सलमानले भ्यालेन्टाइन्स डे योजना नै रद्ध गरेका हुन् ।

यो पनि हेर्नुस्

सलमान खानले ‘हिट’ बनाएका बलिउड अभिनेत्रीहरु (फोटो फिचर)

सलमान खानले अब लुलियासँग विवाह नगर्ने

सलमान खानले भेटे अर्की गर्लफ्रेण्ड, छोडे लुलियालाई