३ फागुन, काठमाडौं ।

चीनले अनुदानमा दिएको जहाज प्राविधिक रुपमा गुणस्तरीय नभएको भन्दै सरकारले चिनीयाँ सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल वायु सेवा निगमले अनुदानका चिनिया बिमानमा पटक–पटक प्राविधिक समस्या देखिएको भन्दै नेपाल सरकारलाई गुहारेपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नयाँ बिमानको गुणस्तरीयताबारे चिनिया दुताबास मार्फत गम्भिर चिन्ता जनाएको मन्त्रालयका सहसचिब बुद्धिनारायण लामिछानेले जानकारी दिए ।

nepal china flag

चीनबाट अनुदानमा आएका जहाजमा निरन्तर प्राविधिक समस्या देखिएपछि थप नयाँ जहाज ल्याउने प्रक्रिया तत्कालका लागि स्थगित गरेको लामिछानेले बताए । चीनले गतबर्ष अनुदानमा दिएको ६० सिट क्षमताको एमए–६० जहाज पटक पटक बिग्रिएर ग्राउण्डेड हुने समस्या दोखिएको भन्दै निगमले चीनसँग खरिद गरिने नयाँ जहाज गुणस्तरीयताबारे निर्माण कम्पनी सहित उच्च सरकारी तहमा छलफल अघि बढाईएको छ ।

गत जुन २५ देखि उडान सुरु गरेको एमए–६० र बिमान पटक–पटक ग्राउण्डेड भइरहँदा निगमले आर्थिक मुनाफा भन्दा नोक्सानी ब्यहोर्नुपर्ने अवस्थाबारे चिनिया सरकारलाई जानकारी गराईएको मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले बायु सेवा निगमको अवस्था उकास्न ल्याउन लागिएका बिमानले झन अवस्था बिगार्ने चिन्ता बढेकोले चिनिया सरकारलाई नै नयाँ बिमानबारे सचेत बनाएको बताए ।

विग्रेको जहाज मर्मतका लागि पार्टपुर्जा र जनशक्तीको सहज उपलब्धता, चालकको तालिम र बिमानको बिमाका लागि तालिमको लागि सस्तो शुल्क, र गुणस्तरीय बिमान आउने प्रत्याभूति नभएसम्म बिमान ल्याउन नसकिने सहसचिव लामिछानेको भनाई छ । निगमले किन्न लागेको अर्को एमए ६० जहाज २०१४ को सेप्टेम्बर भित्रै नेपाल ल्याउने तालिका थियो । चीनले आगामी कात्र्तिक भित्रमा सबै बिमान नेपाल पठाईसक्ने बताएपनि गुणस्तरीयताको मुद्धाले त्यो अवस्था नरहेको मन्त्रालयले पनि जनाएको छ ।