४ फागुन, एजेन्सी ।

विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेलले भारत र पाकिस्तानमा मात्र होइन विश्वभरी नै तरंग ल्याएरहेको छ । यसै क्रममा अष्ट्रेलियामा पाकिस्तान र भारतबीचको खेल हेर्न जम्मा भएका समर्थकबीच भिडन्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

India-Vs-Pakistan2

मेरील्याण्डस आरएसएल क्लबमा टेलिभजनमा प्रत्यक्ष खेल हेर्नका लागि जम्मा भएका जम्मा भएका ४० जना दर्शकबीच विवादपछि झडप भएको बताइएको छ ।

झडपमा ४ जना घाइते भएको बताइएको छ । आइतबार पाकिस्तानलाई भारतले ७६ रनले हराएको थियो । भारत र पाकिस्तानबीचको क्रिकेट सँधै युद्धकोरुपमा लिने मानसिकता पाकिस्तान र भारतमा रहि आएको छ । यस अघि पाकिस्तानका एक खेलाडीले भारतसँग पाकिस्तानले नहारेको तर अम्पायरले गलत निर्णय गरेको टिप्पणी गरेपछि हंगामा भएको थियो ।

यो पनि हेर्नुस्

पाकिस्तानको प्रतिक्रियाः भारतसँग क्रिकेट हारेको होइन