कति अचम्म छ है? कसैलाई चाहिँ कम्प्युटर कसरी चलाउने भन्ने समस्याले सताइरहेको अवस्थामा कसैले चाहिँ त्यही कम्प्युटरबाट संसारको कुन कुनामा भएको बैङ्कबाट पैसा लुसुक्क चोरिदिन्छन्।

“सन् २०१३ बाट अझसम्म ह्याकरहरूले विश्वभरको ३० देशहरूको १०० बैङ्कहरूबाट करीब १ अर्ब डलर चोरिसकेका छन्।”- रुसी सुरक्षा कम्पनि ‘क्यास्परस्काइ ल्याब’ले बताएका छन्।

फिसिङ्ग (Phising) तथा अन्य तरीकाहरू अपनाएर बैङ्कको कम्प्युटरहरूसँग कनेक्सन गरिसकेपछि उनिहरू महिनौँसम्म बैङ्कको सिस्टमहरू बुझ्ने गर्दछन्। यो क्रममा कर्मचारीहरूको भिडियो लिने तथा कम्प्युटरको स्क्रिनको तस्विर समेत खिचेर कसरी कामहरू हुन्छ भनेर बुझ्दछन्, कम्पनीले भने।
एकचोटि ह्याकरहरू सिस्टमसँग परिचित भईसकेपछि त्यसबाट पाएको ज्ञानबाट कुनै पनि शङ्का पैदा नगरी पैसा चोर्ने गर्दछन्। ए.टि.एम. लाई प्रोग्रामबाट निश्चित समयमा आफै पैसा निकाल्ने पनि बनाउँदछन्।

1
बैङ्कको नक्कली एकाउन्ट बनाएर त्यसमा पैसा ट्रान्सफर पनि गर्ने गर्दछन्।
त्यसरी चोर्दा पनि कुने शङ्का नगर्नुको कारण के हो भन्दा उनीहरूले एउटा बैङ्कबाट १ करोड डलर भन्दा बढी चोर्दैनन्, क्यास्परस्काइ ल्याबको ‘भिसेन्ते डियाज’ले बताए।
उनीहरूको मूख्य उदेश्य भनेको गोप्य सुचना चोर्ने भन्दा पनि पैसा नै चोर्ने रहेको डियाजले बताए।