हाम्रो देशका प्रमुख समस्या मध्ये एक हो युवा बेरोजगारी । नेपालमा अधिकाँश युवा शिक्षित भएपनि योग्यता अनुसारको काम नपाएर दिक्क छन् भने ठूलो संख्यामा युवा विदेश पलायन भएको अवस्था छ ।

jobs

यदि तपाइँ पनि जागरि खोज्दै हुनुहुन्छ भने युरोपियन जर्न अफ सोसल साइकोलोजीले एक शोध प्रकाशित गर्दै जागिर पाउनका लागि गर्नु पर्ने तयारीका विषयमा सुझाव दिएको छ । शोधले जागिर पाउन सबैभन्दा महत्वपूर्ण तपाइँको बायोडाटा अर्थात योग्यता, अनुभव र शैक्षिक विवरणलाई मानेको छ । बायोडाटा प्रभावशाली हुने वित्तिकै तपाइँ छनौटको सूचीमा परिहाल्ने शोधको दावी छ ।

शोधमा ५०० प्रतियोगीलाई सहभागी बनाइएको थियो र उनीहरुमाथिको अध्यनबाट नै यस्तो निष्कर्ष निकालिएको हो ।

युनिभर्सिटी अफ लिमरिकका शोधकर्ता डेविड क्लार्कका अनुसार बायोडाटा प्रभावशाली बनाउने शुत्र निम्न प्रकार छन् ।

शुरुमा विगतका कामको अनुभवः

डेविड क्लार्कको बिचारमा रोजगारी दिने संस्थाले संस्थामा आउन चाहने ब्यक्तिसँग के क्षमता छ र उस्ले कस्ता कस्ता काम गरिसकेको छ भन्ने कुरामा बढी ध्यान दिन्छ । त्यसकारण सबैभन्दा शुरुमा आफ्नो अनुभव हाइलाइट गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

उपलब्धीलाई जोड दिनुस्

सिएटल युनिभर्सिटी अन्तर्गतको द एल्वर्स स्कूल अफ बिजिनेस एन्ड इकोनोमिक्सको शोधलाई मान्ने हो भने रोजगारदाता कम्पनीहरु तपाइँले हासिल गरेका उपलब्धीलाई हेरेर तपाइँको भविस्यबारे आंकलन गर्छन् । यस्ता कुरा अन्तर्वार्ताका क्रममा समेत जोड दिएर भन्नु पर्ने शोधको सुझाव छ ।

रुचीः

रोजगार दातालाई तपाइँको रुची के छ र कुन काममा बढी रमाइलो महसुस् गर्नु हुन्छ भन्ने विशेष चासो हुन्छ । त्यसकारण तपाइँले आफ्नो अनुभव र उपलब्धीसँगै शोख र रुचीलाई पनि हाइलाइट गर्दा राम्रो हुन्छ ।

biodata

स्पष्ट र सिधा कुराः

बायोडाटँमा आफूसँग सम्बन्धित जानकारी लेख्दा कहिल्यै पनि शंका पैदा गर्न खालको कुरा लेख्नु हुँदैन । आफ्नो विषयमा स्पष्ट कुरा उल्लेख गर्नुस् र आत्मविश्वास प्रदर्शन गर्नुस् ।

भाषामा गल्ती नगर्नुस्

बायोडाटा तपाइँको योग्यता, क्षमता र आत्मविश्वासको सारंस प्रस्तुती हो त्यसकारण बायोडाटामा भाषा सम्बन्धी गल्तीबाट बँच्नु राम्रो हुन्छ । बायोडाटामा नै भाषा सम्बन्धी गल्ती छ भने त्यसले शुरुमै तपाइँको योग्यता सम्बन्धी नकारात्मक धारणा बनाइदिन सक्छ । त्यतिमात्र होइन भाषाकै कारण तपाइँको ब्यक्तित्वमाथि प्रश्न उठ्न सक्छ । त्यसकारण बायोडाटा बनाउँदा यी कुरालाई ध्यान दिनुस् ।

biodata 1

तपाइँलाई सोंचेजस्तै रोजगारीको शुभकामना ।