प्रयास पराजुली
फागुन ८, काठमाडौं ।
विवाह भन्ने वित्तिकै तामझाम र भिडभाड हुनु कुनै नौलौ विषय भएन र होइन पनि । विवाह सामाजिक संस्कार हो । अपवाद बाहेक सबैले ढिलो वा चाडो वैवाहिक सम्बन्धमा बाँधिन्छन । सामाजिक परम्परालाई सबैले निरन्तरता दिदै आएका छन् । यो प्राकृतिक नियम पनि हो । समाजमा विवाह धेरै प्रकारका छन् । पैसा हुनेले तडकभडक गरेर पाँच तारे होटलमा गर्छन भने आर्थिक स्रोत कम भएकाहरुले सामान्य ढंगबाट विवाह गर्ने गरेका छन् । सामाजिक संस्कार अनुसार गरिने विवाहको आफ्नै मुल्य मान्यता र परम्परा छ ।

कम्युनिष्टले नै दुरुपयोग गरे जनवादी विवाह
कम्युनिष्टहरु परम्परामा विवाश्स राख्दैनन । परिवर्तनमा विश्वास गर्छन । त्यही भएर पनि कम्युनिष्टहरुले परम्परावादी विवाह भन्दा प्रगतिशिल र जनवादी विवाहमा जोड दिदै आएका छन् । धेरै कम्युष्निट नेता र कार्यकर्ताले परम्परालाई तोडदै आफ्नो पार्टीको झण्डा मुनि रहेन जीवनभर पार्टीको झण्डा उठाउने र पार्टीमै रहने कसम खादै विवाह गर्ने गरेका छन् । यो प्रयोग सबै भन्दा बढी एमाओवादीले जनयुद्धको गरेको थियो । अहिले विस्तारै लोप हुँदै गएको छ । किनकी एमाओवादीमा हिजोको मुल्य मान्यताबाट निकै विचलन आइसकेको छ । जसले हिजो जनवादी विवाह गर्न प्रोत्साहन गर्‍यो । उही नै आज पाचतारे होटमा विवाह गराउने हैसियतम पुगि सक्यो ।

Janabadi bihe  4

जनवादी होइन धनवादी
अहिले जनवादी शब्दको दुरुपयोग गर्दै जनवादी विवाहको नाममा धनवादी विवाह फस्टाउदै गएको छ । आफ्नो मुल्य मान्यता र संस्कार पार्टीको नीति र विधि विर्सदै पार्टीको ब्यानरमा चर्चा कमाउनको लागि जनवादी विवाह गर्ने होडबाजी चलेको छ । जनवादी विवाह भनेको समाजलाई उदाहरण पेस गर्नको लागि गरिने विवाह हो । विवाह गर्ने केटाकेटी दुवै जनाको सहमतिमा जनवादी विवाह हुने गर्छ । जनवादी विवाह गर्नको लागि कम्युनिष्ट पार्टीको आ–आफ्नो विधान छ । तर अहिले नेताहरुलाई महंगा होलटमा बोलाएर जनवादी विवाह भनेर प्रचार गर्ने परम्परा मौलाउँदै गएको छ । जनवादी विवाह कि त सार्वजनिक कुनै कार्यक्रममा हुने गर्छ यदि त्यसो हुन सकेन भने खुल्ला सार्वजनिक स्थलमा आयोजना गरेर सम्पन्न गर्ने परम्परालाई तोडदै महंगा होलटमा आयोजना गर्न थालेपछि जनवादी विवाहको नै बदनाम हुन पुगेको छ ।

Janabadi bihe  1

जनवादी विवाहमा किन भयो २ लाख २८ हजार खर्च ?
विहिवार अल्फा विटा कम्प्लेक्समा अनेरास्ववियुका सचिव मकवानपुर निवासी महेश बतौता र कास्की निवासी अनेरास्ववियुकी सचिवालय सदस्य अमृता बरालले गरेको जनवादी विवाहको तडकभडक परम्परावादी विवाह भन्दा फरक थिएन । समाजमा उदाहरण पेस गर्न भन्दा पनि राजनीतिमा चर्चा कमाउनको लागि महंगो खर्च गरेर उनीहरुले विवाह गरेपछि उक्त विषय विवाहस्थलमै बहसको विषय बन्न पुगेको छ । यस विवाहले अनेरास्ववियुभित्र प्रश्न उठेको छ–‘के हो जनवादी विवाह ? भोजभतेर गर्नुलाई पनि जनवादी विवाह भन्न मिल्छ कि मिल्दैन ? यो संगठनकै वदनाम बनाउने काम भयो ? वर्तौला र बरालको लामो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा रुपान्तरण गर्नु राम्रो पक्ष हो । तर जुन उदेश्य र लक्ष्यको साथ विवाह कार्यक्रमको आयोजना गरियो यो गलत भयो भनेर अनेरास्ववियुकै नेताहरु असन्तुष्टि व्यक्त गर्नुलाई जनवादी विवाह भन्ने कि नभन्ने ? अल्फा विटामा भएको विवाहमा बहुलाबेहुली परम्परागत विवाहमाझैं सजिएका थिए । श्रंङगारमै हजारौ रुपैयाँ खर्च गरिएको अनुमान सहजै लगाउन सकिन्थ्यो । बर्तौला र बरालको विवाहमा एक हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता पठाइएको थियो । जस मध्ये विवाहमा ८ सय ५० जना सहभागी भएका थिए । जनवादी विवाहमा उनीहरुले १ लाख २८ हजार पाँच सय २५ रुपैयाँ खर्च गरेपछि बहस र चर्चाको विषय बन्न पुगेको हो ।

Janabadi bihe  2

नेतादेखि कार्यकर्तासम्मको लर्को
विवाहित जोडीलाई शुभकामना दिन एमालेका अध्यक्ष केपी ओलीदेखि सरकारका मन्त्री समेत अल्फा हाउसमा आएका थिए । सबैले शुभकामना दिए । जनवादी विवाहमा आइपुगेका नेतादेखि कार्यकर्ता तीन छक परे । कारण थियो, अल्फाविटा कम्प्लेक्समा देखिएको तडकभडक । जनवादी विवाहको नाम मात्र रहेछ । परम्परागत जस्तै विवाह रहेछ किन जनवादी झुण्डाएको होला भनेर पनि उनीहरु प्रश्न तेर्सिएका थिए ।

भोजभतेरमा तडकभडक
विवाहमा शुभकामना दिन आएका सबैलाई भोजको व्यवस्था गरिएको थियो । बेहुलाबेहुलीलाई निम्तालुहरुले उपहार नदिएपनि निम्तालुहरु सबैलाई लाइन लगाएर समोसा, जेरी, सुन्तला र चिया खुवाइएको थियो । एमाले अध्यक्ष ओलीले सुन्तला मात्र खाए उद्योग मन्त्री महेश बस्नेतले भने एक प्लेट चाउमिन मात्र आएका थिए । हल भाडा निशुल्क गरेपनि एक व्यक्ति बराबर १ यस ५० रुपैयाँ कम्प्लेक्सले लिएको थियो ।

जनवादी विवाहमा सुनको श्रंङगार
बेहुला र बेहुललाई हेर्दा जनवादी विवाह हो भनेर पत्याउन नै सकिदैन । बेहुलीको हातमा लगाएको सुनको औठी, कानमा लगाएको झुम्कका यो त सबै जनवादी विवाहको नाटक मात्र हो भन्नेमा कसैको पनि शंका छैन ।

Janabadi bihe  3

जनवादी होइन होडबाजी चल्योः बोहोरा
नकेपा एमालेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहाराले विवाह सामाजिक भएको बताए । उनले भने,‘जनवादी शैली जुन रुपमा अपनाउनु पर्ने हो त्यसको विपरीत रुपमा गर्न थालियो यो राम्रो पक्ष होइन ।’ जनवादी विवाहको नाममा हजारौलालाई उपस्थित गराउनु र तडकभडक गर्नु राम्रो विषय होइन उनले भने ।