८ फागुन, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन फेरी औपचारिक आह्वान गरेका छन् छन् । कोइराला नेतृत्वको सरकारले औपचारिक काम थालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशबासीका नाममा सन्देश दिँदै फेरी दोस्रोपटक वार्ताका लागि आह्वान गरेका हुन् । यसपटक प्रधानमन्त्रीले सहमतिकै आधारमा संविधान जारी गर्ने प्रतिवद्धता जनाएका छन् ।

sushil koiralaa at Pm office

सहमतिका आधारमा संविधान निर्माण गरौं भन्ने आग्रह म सबै राजनीतिक दलहरुलाई गर्न चाहन्छु, कोइरालाले भनेका छन्, खास गरी एमाओवादी तथा मधेस केन्द्रित दल लगायत आन्दोलन तर्फ उन्मुख दलको नेतृत्व पंक्तिलाई म राष्ट्रिय एकता, सहमति, सहकार्य, र मेलमिलापको भावना प्रति प्रतिवद्ध हँदै संविधानका सहमति हुन बाँकी बुँदाहरुमा सहमति खोज्न वार्तामा आउन अनुरोध गर्छु ।

प्रधानमन्त्री कोइरालाले सहमितमा संविधान निर्माण गर्ने आफूहरुको प्रयास र समझदारीले मुर्तरुप दिएको अवसथामा अहिले जारी रहेको संविधान निर्माणको प्रकृयाको सान्दर्भिकता स्वतः हराएर जाने बताएका छन् ।

यसअघि एमाओवादी नेतृत्वको मोर्चाले प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वान अपूरो भएको र सहमतिमै संविधान जारी गर्ने प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने बताएपछि सरकारले फेरी पत्राचार गरेको हो ।

विज्ञप्तीको पूर्ण पाठः

PM-koirala Press Release onn 100 days