९ फागुन, काठमाडौँ । 

सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आज राजधानीमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ ।

रत्नपार्कमा गरिएको प्रदर्शनमा प्रमुख दलकाबीचमा भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरिएको थियो ।

citty julus 1

सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्नेमा सत्तारुढ दलले बहुमतीय प्रक्रिया अगाडि बढाएको भन्दै प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ ।

citty julus 1

प्रदर्शनमा एमाओवादी, मधेस केन्द्रित दलहरु, पद्यमरत्न तुलाधर नेतृत्वको पहिचानमा आधारित आदिवासी जनजाति केन्द्रीय परिचालन समितिलगायतका सङ्घ संस्थाको सहभागिता रहेको एमाओवादीका पोलिटब्युरो सदस्य झक्कुप्रसाद सुवेदीले जानकारी दिए ।

citty julus 1 citty julus 1 citty julus 1 citty julus 1 citty julus 1 citty julus 1 citty julus 1 citty julus 1 citty julus 1