९ फागुन, काठमाडौ ।
साताको पहिलो दिनको तुलनामा सातान्तमा सुन चाँदीको भाउ ओरालो लागेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम दिन भने प्रतितोला सुनको भाउ दुई हजार तथा चाँदीको भाउ ६० रुपैंयाले घटेको हो ।

अघिल्लो साता ५४ हजार भन्दा माथी पुगेर कारोबार भएको सुनको भाउ यो साता ओरालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला छापावाल सुन ५४ हजार तथा तेजावी सुन ५३ हजार ७ सय ५० रुपैँयामा किनबेच भएको थियो ।

यस साताको पहिलो दिन आइतबार एकै पटक १ हजार ५ सय रुपैँयाले घटेको सुनको भाउ सोमबार २ सय रुपैँयाले बढेको थियो । जस अनुसार सोमबार प्रतितोला छापावाल सुन ५२ हजार ७ सय तथा तेजावी सुन ५२ हजार ४ सय ५० रुपैँयामा किनबेच भएको थियो । यसरी सोमबार २ सय रुपैँयाले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको थियो ।

gold biscuits barr

 

मंगलबारको तुलनामा बुधबार ७ सय रुपैँयाले घटेको सुन प्रतितोला छापावाल ५२ हजार तथा तेजावी ५१ हजार ७ सय ५० रुपैँयामा किनबेच भएको थियो । बिहिबार २ सय रुपैँयाले उकालो लागेर प्रतितोला छापावाल सुन ५२ हजार २ सय तथा तेजावी सुन ५१ हजार ९ सय ५० रुपैँयामा किनबेच भएको थियो ।

त्यसपछि शुक्रबार पुनः २ सय रुपैँयाले भाउ घटेपछि प्रतितोला छापावाल सुन ५२ हजार तथा तेजावी सुन ५१ हजार ७ सय ५० रुपैँयामा झरेको छ । यो विक्रीदर आइतबारको तुलनामा ५ सय रुपैँयाले कम हो । यसैगरि साताको पहिलो दिनको तुलनामा प्रतितोला चाँदीको भाउ २० रुपैँयाले घटेको छ ।

साताको आइतबार एकै पटक ४० रुपैँयाले घटेर प्रतितोला चाँदी ७ सय २० रुपैँयामा किनबेच भएको थियो । सोमबार ५ रुपैँयाले बढेर प्रतितोला ७ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको भाउ मंगलबार स्थिर रहेको थियो । बुधबार २५ रुपैँयाले घटेर प्रतितोला ७ सय रुपैँयामा कारोबार भएको चाँदीको भाउ बिहिबार पुनः ५ रुपैँयाले बढेको थियो ।

त्यस्तै उतारचढाव झेलिरहको चाँदीको भाउ साताको अन्तिम दिन शुक्रबार पुनः ओरालो लाग्दै बुधबारकै विक्रिदरमा किनबेच भएको थियो । अघिल्लो साताको तुलनामा यो विक्रिदर ६० रुपैँयाले घटेको हो ।