१० फागुन, काठमाडौं ।

नेकपा एमालेका सचिब प्रदिप ज्ञवालीले प्रचण्ड र पूर्व राजाको भनाई ईमोस्नल ब्ल्याकमेल भएको बताएका छन् । आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा सचिव ज्ञवालीले सस्तो लोकप्रियताका लागि प्रचण्डले आफू असुरक्षित भएको भन्नु र पूर्व राजाले राजनीतिक दलहरुले आफूसँग गरेको सम्झौता पालना गर भन्नु धमिलो पानीमा माछा मार्न खोजेको बताए ।

Pradip Gywali

सचिव ज्ञवालीले प्रधानमन्त्रीले दुई दुइ पटक वार्ताका लागि आह्वान गर्दा र संविधानसभा निश्चित समयका लागि स्थगन गर्दा पनि वार्ताका लागि एक पछि अर्को बहाना बनाउनु ईमान्दारिता र संविधान निमार्णमा निष्ठाको अभाव रहेको बताए ।

उनले एमाओबादी नेतृत्व मोर्चाको अन्दोलन घोषणाले झनै राजनीतिक संक्रमण लम्बिदै गएको छ बताए । ओरालो लागेको एमाओबादी नेतृत्व गन्तब्य भुलेर दोवाटोमा रुमलिरहेको अवस्थामा अन्दोलनको कुनै सार्थकता नभएको ज्ञवालीको टिप्पणी थियो ।

संविधान निमार्णको समयमा गरिएको अन्दोलनले एमाओबादी र मधेशबादी दलहरुको अस्थित्व संकटमा पर्ने तर्फ बेलैम सचेत रहन उनले सुझव दिए ।