१० फागुन, एजेन्सी ।

जारी विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ । आफ्नो दोश्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई ३०८ को विजय लक्ष्य दिएपनि दक्षिण अफ्रिका भने २०० रन बनाउन पनि असफल रह्यो । दक्षिण अफ्रिकाले   ४० दशमलव २ ओभरमा पुरै विकेट गुमाएर १७७  रन मात्र बनाउन सक्यो । 

भारतलेे दक्षिण अफ्रिकासँग बदला लिँदै १ सय ३० रनको फराकिलो जित दर्ता गराएको हो । 

India Vs S Afrika 1

भारतीय ब्याटिङ् लाइनमा शिखर धवनको १३७ रनको योगदानले टिमलाई बलियो बनाएको थियो । दक्षिण अफ्रिकाका कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

शुरुवाती ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ३०७ रन बनाएको थियो । यस अघी विश्वकपमा दक्षिण अफ्रिकालाई एक पटक पनि नजितेको भारतले यस पटक भने रेकर्ड तोडेको छ ।

यो पनि हेर्नुस्

शिखर धवनले तोडे रेकर्ड