१३ फागुन, पोखरा । 

‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्व बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षिया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन । तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला गर्नै नहुने काम (यौन सम्पर्क ) गर्नुभयो ।’

पोखराको एक विद्यालयमा कक्षा आठमा पढ्ने छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले जर्बजस्ती करणी गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्। किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ।

rape-case1

‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ‘प्रमाण आफै वोलिरहेको छ । दह्रै कार्वाही हुनेछ।’ससुराली नजिकै घर भएकी छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुव्र्यवहार गर्दै आएका पीडित किशोरीले बताइन् । ‘नचाहिने काम गरिसकेपछि एक दुई सय दिनुहुन्थ्यो,’। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘खासामा घुम्न जाँदा साथिहरुसँग बस्ने कोठा नभएकोले सरसँगै सुतेको थिए । राति उहाँले मलाई वर्वाद पार्नुभयो, उनले भनिन् । उनले शिक्षकले यौन दुव्र्यवहार गर्न थालेपछि आफुले राम्रोसँग हिडडुल गर्न र पढन नसकेको बताउँदै शिक्षक खवासलाई सकेसम्म कडा कार्वाही गर्नुपर्ने बताइन् ।