१९ फागुन, चितवन ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अध्यन गरेको चितवन शिवनगरस्थित नारायणी विद्यामन्दिर उच्च माविलाई ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन बिशिष्ठ अतिथीकोरुपमा त्यहाँ पुगेका प्रचण्डले आफ्नो पारिश्रमिकबाट विद्यालयलाई ११ लाख दिने घोषणा गरेका हुन् ।

prachanda at own school

कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले प्रचण्डलाई सम्मान पत्र प्रदान गर्दै खादा ओडाएका थिए । प्रचण्डले आफूले पढेको विद्यालयमा प्रधानमन्त्री बोलाउन पाउँदा खुसी लागेको समेत बताए ।

prachanda at own school 1

दुवै नेताले छिट्टै आफूहरुबीच औपचारिक वार्ता हुने र सहमति हुने विश्वास ब्यक्त गरेका छन् । सत्तरुढ र विपक्षी दलबीच औपचारिक वार्ता नभएपनि आन्दोलनको नेतृत्व गरिरहेका प्रचण्ड र सरकारको नेतृत्व गरिरहेका सुशील कोइरालाबीच निरन्तर अनौपचारिक कुराकानी भैरहेको छ ।