२ असोज, काठमाडौं ।

रौतहटमा विदेशमा रहेका एक नेपालको नाममा मतदान गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गढीमाई नगरपालिकास्थित लक्ष्मीपुर टोलस्थित गम्हरिया मतदान केन्द्रमा विदेशमा रहेका मुक्त रुल्लाह मियाँको नाममा त्यहाँ बस्ने १४ वर्षीय सबु महम्मद मियाँले भोट हाल्न गएकामा मतदान अधिकृतले पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाराको पचरौता नगरपालिका विसम्बरास्थित नेपाल राष्ट्रिय प्रावि मतदान केन्द्रमा सोही स्थानमा बस्ने एर्साद अहमदले आफ्ना दाजुको नाममा मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ ।