python१ भदौ, मोन्टेरियल । क्यानडामा पाइथन सर्पले टोकेर दुई किशोरको ज्यान गएको हप्ता दिन पछि एक होटेलको कोठामा चालिस वटा पाइथन जातीका ठुला सर्प भेटिएका छन् ।

यसरी ठुलो संख्या भेटिएपछी होटेलमा आतंक नै मच्चिएको थियो।

ओन्टारियको ब्रान्टफोर्डमा रहेको होटलको एक कोठामा प्लाष्टिकको भाँडामा ती सर्प बिहिबार राती भेटिएका हुन् ।

स्वास्थ्यको हिसावले निकै खराब अवस्थामा रहेका ती सर्पलाई जनावारको सुरक्षामा काम गर्ने एक क्यानेडेली संस्थाले उपचारको लागी लगेको छ । सर्प भेटिएको कोठामा पहिले एक जोडी बसेको पनि प्रहरीले पत्ता लाएको छ । यसरी फेला परेका सर्पहरुको लम्बाइ ३० सेन्टीमिटर देखी १ मिटर ४० सेन्टिमिटरसम्मका छ ।