७ चैत,एजेन्सी।इराकमा मंगलवार भएको शक्तिशाली बम विष्फोटमा कम्तिमा ६५ जनाको ज्यान गएको छ। विष्फोटमा २०० भन्दा बढि घाइते भऐका छन्। अमेरिकाले इराकमा सैनिक आक्रमण गरेको १० वर्षगाँठमा यो आक्रमण भएको हो।
सन २००३ को मार्च १९ मा अमेरिकाले पहिलो पटक इराममाथी सैन्य हमला गरेको थियो।
सन २००६ र २००७ नजिक हिंसा शिखरमा पुगेका थियो। हाल हिंसाका दरको कमि आएको भए पनि थामिएको भने छैन्।  
बम आक्रमण इराकको राजधानी बगदादको महत्वपुर्ण सरकारी कार्यालय,अमेरिका र बेलायतको दुतावास नजिकै भएको थियो।
हमलाको जिम्मेवारी कसले नलिएको भएपनि इराकी अलकाइदाले आक्रमण गरेको आशंका गरिएक छ।