३ चैत, एजेन्सी ।
भारतको मुम्बाइमा अवतरण गर्ने क्रममा एयर इण्डियाको विमानको टायर पड्किएपछि केही यात्रु घाइते भएका छन् ।
मंगलबार राति भएको घटनामा यात्रुहरुलाई हतार हतार उद्धार गरिएको थियो ।
विमान अवतरण गर्ने बेलामा टायर विष्फोट भएपछि धावन मार्ग अवरद्ध हुँदा विमानस्थलमा केही समयका लागि विमान आवागम समेत अवरुद्ध भएको थियो ।