हेडलाइन्स वाच ।
बुधबार विहान सम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अष्ट्रेलिया जाने तयारीमा थिए । उनको भ्रमणको सबै चाँजो पाँजो मिलाइसकिएको थियो । उनले विदाइ भेटका लागि भन्दै सबै पार्टीका शीर्ष नेता भेटिरहेका थिए ।
राष्ट्रपतिकी छोरीको हठयोग, तस्विर भए भाइरल (फिचर)
उनले आफू केही दिनका लागि देश बाहिर हुने जानकारी पनि गराइरहेका थिए । तर अपरान्ह एकाएक प्रचण्डको सचिवालयले उनको भ्रमण स्थगित भएको जानकारी दियो । प्रचण्डको भ्रमण अकस्मात किन स्थगित भयो भन्ने विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।
यही अडकलवाजीकाबीच अष्ट्रेलियामा प्रचण्ड विरुद्ध उजुरी परेको भन्दै एउटा पत्र सार्वजनिक भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रधानमन्त्री माइक वार्डको कार्यालयलाई अष्ट्रेलियामा बस्ने एक नेपालीले प्रचण्ड विरुद्ध उजुरी दर्ता गरेको भन्दै उक्त पत्र समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । अष्ट्रेलियामा आधारित कतिपय नेपालीहरुको फेसबुक र मिडियामा उनीविरुद्ध परेको भनिएको पत्र सार्वजनिक गरिएको छ । यसको आधिकारिकता नेपाली हेडलाइन्सले पुष्टी गर्न सकेन ।
प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्न माग गर्दै उजुरी पत्र लेखेपछि प्रचण्ड सम्म उक्त सूचना आएको बताइएको छ । प्रचण्ड विरुद्ध न्यू साउथ वेल्सका प्रिमियरलाई दिइएको भनिएको उक्त उजुरी पत्रमा प्रचण्डका कारण १५ हजार नेपालीको ज्यान गएको र उनले अष्ट्रेलिया गएर हिंसालाई नै बढावा दिने दावी गरिएको छ । प्रचण्डका कारण १ लाख ५० हजार मानिस विस्थापित भएको र अमेरिकाले तत्कालीन नेकपा माओवादीलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राखेको स्मरण समेत गराइएको छ ।
पुनः प्रधानमन्त्री बन्ने प्रस्ताव आएपछि प्रचण्डले भने -भो बन्दिन
नेपालीद्वारा सञ्चालित एमनटीभी डटकम डट एयुले न्यू साउथ वेल्सका प्रधानमन्त्रीका मिडिया म्यानेजरले नेपाली उजुरी कर्तालाई दिएको जवाफ भनिएको पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा प्रचण्डको भ्रमणबारे परेको उजुरीबारे प्रिमियर वार्डलाई जानकारी भएको र यस विषयमा त्यहाँका न्याय मन्त्री, डेपुटि प्रिमियर देखि पुलिसलाई समेत जानकारी गराइएको उल्लेख छ ।
सौजन्यः एमनटीभी डटकम डट एयु
अष्ट्रेलियामा प्रचण्ड विरुद्ध डरलाग्दो अभियान
अष्ट्रेलिया जान लागेका प्रचण्डको भ्रमणलाई लिएर त्यहाँ रहेका उनका आलोचकहरु खतरनाकरुपमा सक्रिय भएको प्रमाण समेत नेपाली हेडलाइन्सले भेटेको छ । दीपा राई नेपाली नामकी एक महिलाले फेसबुकमा प्रचण्डलाई स्वागत गर्ने योजना लिक भएको भन्दै फेसबुकमा दुःख ब्यक्त गरेकी छिन् ।
पढ्नुस् उनको पुरा फेसबुक नोटः
यद्यपी प्रचण्डविरुद्ध उजुरी दिने को हो भन्ने अझै सम्म स्पष्ट भएको छैन । तर प्रचण्डलाई अष्ट्रेलियामा द्वन्द्धकालीन विषय उठान गरेर फसाउने तयारी रहेको कुरा बुझ्न कठिन छैन ।
मैले चीनसँग २ मुख्य कुरा मागेको थिएँ- प्रचण्ड
लाजिम्पाटको आधिकारिक भनाइः
पार्टीको आन्तरिक कारण र कार्यब्यस्थताका कारण प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित भएको लाजिम्पाट श्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भ्रमणमा नजान सुझाव दिएपछि प्रचण्डको भ्रमण स्थगित भएको बताइएको छ ।
अष्ट्रेलियामा माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनमा भाग लिनका लागि उनीसहितको टोली त्यसतर्फ जाने भनिएपनि प्रचण्डको भ्रमण अन्तिम दिन आएर स्थगित भएको थियो । यस अघि चीन भ्रमण पनि प्रचण्डले अन्तिम समयमा आएर स्थगित गरेका थिए ।
के हुन सक्थ्यो ?
प्रचण्ड विरुद्ध अष्ट्रेलियामा केही अधिकारवादीहरु पनि सक्रिय रहेको खुलेको छ । उनीहरुले प्रचण्ड विरुद्ध एक पोष्टर नै प्रकाशित गरेर उनीमाथि ३७ वटा मानवअधिकारका मुद्धा चलिरहेको र जनयुद्धकै कारण हजारौं नेपाली युवा विदेशिन बाध्य भएको आरोप समेत लगाइएको छ । यदी प्रचण्ड अष्ट्रेलिया जान हिँडेका भए या त उनलाई त्यहाँ प्रवेश नदिने भनेर फर्काउन सकिन्थ्यो या त उनी त्यहाँ गएर पनि माानव अधिकार उल्लङ्घनकर्ता र मुद्धा चलिरहेका ब्यक्ति भनेर नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा प्रक्राउ परेको शैलीमा पक्राउ पर्न सक्थे । अष्ट्रेलियामा रहेका नेपाली हेडलाइन्सका प्रधान सम्पादक सन्तोष भट्टराई भन्छन्, “प्रचण्ड अष्ट्रेलिया आउने विषयमा यहाँ रहेको नेपाली समुदाय पूर्णरुपमा विभाजित भैसकेको थियो । उनी पक्राउ नपरेको भएपनि कुनै न कुनै अप्रिय अवस्थाको सामना गर्नु पर्ने अनुमान गर्न कठिन थिएन“ । बेलायतकै कानूनी दायरा भित्र भन्दै त्यहाँ पक्राउ परेका नेपाली सेनाका कर्णेललाई नेपाल सरकार र सेनाले जति पहल गरेपनि नेपाल फर्काउन सकेको छैन । अन्तराष्ट्रिय कानूनको चक्करमा पर्दा बदनामी र समस्या दुवै हुने विश्लेषण अन्तिम समयमा लाजिम्पाटमा भएको थियो । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा अष्ट्रेलिया नजान सुझाव दिएको लाजिम्पाट श्रोतले खुलाइसकेको छ । यही पृष्ठभूमिमा प्रचण्डले उड्नु भन्दा केही घण्टा अघि अकस्मात भ्रमण स्थगित गरेका हुन सक्ने अनुमान गर्न कठिन छैन ।