१८ मंसिर, एजेन्सी । चर्चित बलिउड नायिका सनी लियोनीले हालै एक मोवाइल एप्स लञ्च गरेकी छन् । sunny-leone

आफ्नो बलिउड यात्रा वारे उनले भनिन् ‘बलीउडमा आएर मलाई केही एडजस्टमेन्ट्स गर्नु पर्यो । जसरी यहाँ बिजनेस र सेटमा काम हुन्छ, त्यसलाई देखेर मैले यो सम्झिएकी बलीउड मेरो लागी बदलिने छैन । यो दुनियाँ ९बलीउड० मेरो लागी थिएन । मलाई यो ठाउँसँग प्रेम छ । यहाँ मलाई हरेक पल केही न केही सिक्ने मौका मिलेको छ । जहाँसम्म स्ट्रगलको कुरा छ त्यो म भन्छु कि हरेक दिन केही न केही हुन्छ ।’

आफूले सोशल मीडियामा सबै बलीउड स्टार्सलाई फलो गर्ने गरेको उनले बताइन् । ‘अझ कुरा एक्टर्सको हुन्छ भने मेरो हिसाबले रणवीर सिंह निकै रमाईला र क्रेजी छन् । उनका फेशन सेन्स निकै राम्रो छ , कहिले काहिँ उनी फन्नी आउटफिट्स पनि लगाउने गर्छन ।’