एजेन्सी । बलिउडका फिल्म निर्माता करण जौहर र अभिनेत्री काजोलको २५ बर्षको मित्रता अब टुंगिएको छ । करण जोहरको बायोग्रफी ‘एन अनसुइटेबल ब्यइ’मा सो कुरा करणले लेखेका छन् । उनले लेखेका छन्, ‘यसअघि काजोल मेरो जिन्दगीमा निकै महत्व राख्थिइन् । तर, अब सबै सकिएको छ । काजोलले २५ बर्षको मेरो भावना(मित्रता)लाई सिध्याएकी छिन् ।’
पछिल्लो केही समयदेखि करण र काजोलबीचको मित्रतामा खटपट आएको खबर आइरहेका थिए । एकै दिन रिलिजमा आएको करणको फिल्म ‘ऐ दिल है मुस्किल’ र काजोलका पति अवय देवगणको फिल्म ‘शिवाय’को प्रतिस्पर्धालाई लिएर काजोल करणसँग रिसाएको पनि अनुमान लगाइएको थियो ।
‘शिवाय’को रिलिज समयमा करणले केकेआरलाई पैसा दिएर काजोल पति अजयको इमेज खराब गर्न लगाएको बारे मिडियामा चर्चा आएको थियो । यस बारे बोल्दै करणले आफ्नो किताबमा लेखेका छन्, ‘त्यस समय धेरै कुरा भनिए । मलाई धेरै वटा आरोप लगाइयो । यद्यपी म यी सबैबाट दुःखी थिइन । तर, काजोलको ट्विटले मलाई आश्चार्यमा पार्यो । त्यहीबाट मैले हाम्रो मित्रता अब नरहेको थाहा पाए ।’
फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट करण र काजोलबीच मित्रता बनेको थियो । करण जुनसुकै फिल्ममा नायिकाको कल्पना गर्थे, उसको आँखामा एकमात्र काजोलको अनुहार आउथ्यो । करणको सबैभन्दा मनपर्ने नायिका पनि काजोल नै हुन् ।